PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

स्थानीय निर्वाचनका लागि मागियो एक लाख म्यादी प्रहरी, यस्तो चाहिन्छ योग्यता



पहिलोपोस्ट

स्थानीय निर्वाचनका लागि मागियो एक लाख म्यादी प्रहरी, यस्तो चाहिन्छ योग्यता
फाइल फोटो

काठमाडौँः स्थानीय तह निर्वाचन प्रयोजनका लागि नेपाल प्रहरीले एक लाख जना म्याद प्रहरीको भर्ना आवेदन आह्वान गरेको छ। मानवस्रोत तथा प्रशासन विभागले सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो। 

चैत ६ गतेदेखि चैत ११ गतेसम्म आवेदन दिन सकिने छ। सबै प्रहरी कार्यालयबाट आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका साधारण लेखपढ गर्न जान्ने व्यक्तिले समेत आवेदन दिन सक्नेछन्। 

४० दिनको अवधिका लागि हुने पदपूर्तिको छनोट प्रक्रिया चैत १५ गतेदेखि प्रारम्भ हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell