PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

एआइजी बढुवाको दौडमा रहेका एक दर्जन डिआइजीबाट पन्त, सिंह र धानुकले मारे बाजी, पहिलो नम्बरमा पन्तको नाम सिफारीसमा



पहिलोपोस्ट

एआइजी बढुवाको दौडमा रहेका एक दर्जन डिआइजीबाट पन्त, सिंह र धानुकले मारे बाजी, पहिलो नम्बरमा पन्तको नाम सिफारीसमा

काठमाडौः नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक ( एआइजी) पदको बढुवाको लागि तीन जनाको नाम सिफारिस गरेको छ।

बढुवा समितिको बैठकले पहिलो नम्बरमा डिआइजी वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्रबहादुर धानुकको नाम सिफारिस गरेको हो। पन्तले ७४ दशमलव ४३ अंक प्राप्त गरेका छन् भने सिंह र धानुकले क्रमशः ७३ दशमलव १ र ७१ दशमलव ५८ प्राप्त गरेका हुन्।

बढुवामा सिफारिस भएका डिआइजी पन्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सिंह केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)  र धानुक कार्य एवम् अनुसन्धान विभागमा कार्यरत थिए।

फागुनको पहिलो साता सरकारले‍ नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्ने निर्णय गरेको थियो।

हाल नेपाल प्रहरीमा प्राविधिकसहित ६ जना एआईजीको दरबन्दी छ। एआइजीमा हरिबहादुर पाल, प्रधुम्‍न कार्की, निरजबहादुर शाही, विश्वराज पोखरेल, सहकुल थापा र प्राविधिकतर्फ डा. आशा सिंह कार्यरत छन्।

एआइजी थप गरेपछि हाल प्रहरीभित्र रहेका विभाग र ब्यूरोमा डिआइजीको ठाउँमा एआइजी राख्ने तयारी भइरहेको छ। तीन वटा दरबन्दी थप गर्ने निर्यण भएसँगै अब नेपाल प्रहरीमा एआईजीको संख्या ९ पुगेको छ। नेपाल प्रहरीमा दरबन्दी थप गरेर १६ जनासम्म एआइजी पुगेको रेकर्ड छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell