PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

९२ दिन चलेको संसद्ः अवरोधमा एमालेको नयाँ कीर्तिमान, ७ घण्टा ५० मिनेटको नाराबाजी



पहिलोपोस्ट

९२ दिन चलेको संसद्ः अवरोधमा एमालेको नयाँ कीर्तिमान, ७ घण्टा ५० मिनेटको नाराबाजी
फाइल फोटो

काठमाडौँः संघीय संसदको चालु अधिवेशन मंगलबार रातिदेखि लागू हुनेगरि अन्त्य गरिएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन्। प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावको छलफलको मिति तोकिसकेको अवस्थामा अधिवेशन अन्त्य गरिएको हो। 

मंसिर २८ गतेदेखि प्रारम्भ भएको अधिवेशन ९२ दिन चलेको छ। अधिवेशन अवधिभर प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले अवरोध कायम राखेको छ। 

एमालेले अवरोधमा नयाँ कीर्तिमान बनाएको हो। २०५७ सालमा लाउडा प्रकरणमा एमालेले ५८ दिनसम्म अवरोध कायम राखेको थियो। अहिले ९२ दिनसम्म चलेको अधिवेशनमा एमालेले अवरोध जारी राखेको थियो। 

अवरोध जारी रहँदा प्रतिनिधि सभाले एमसीसी पारितबाहेकको कुनै पनि ठोस कार्यसूची अघि बढाउन सकेन। चालु अधिवेशनमा एउटा पनि कानुन तर्जुमा भएनन्। 

के के भए काम कारबाही?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell