PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

यू १८ साफ च्याम्पियनसिप: भारतसँग नेपालको आधा दर्जन बढी गोलको लज्जास्पद हार



पहिलोपोस्ट

यू १८ साफ च्याम्पियनसिप: भारतसँग नेपालको आधा दर्जन बढी गोलको लज्जास्पद हार
Photo: Indian Football Team/Twitter

काठमाडौं: यू १८ महिला साफ च्याम्पियनसिपमा नेपालले भारतसँग लज्जास्पद हार ब्यहोरेको छ। भारतको जम्सेदपुरमा सम्पन्न खेलमा भारतले नेपाललाई ७-० गोलको फराकिलो अन्तरले हराएको हो।

खेलको १७ औं मिनेटमै प्रियंका सुजीश पोट्टेक्काटको गोलमा भारतले अग्रता बनाएको थियो। त्यस्को दुई मिनेट नबित्दै लिन्डा कोम सेर्टोले गोल गर्दै अग्रता दोब्बर बनाइन्। त्यस्तै ३७ औं मिनेटमा फेरि लिन्डाले नै गोल गर्दा पहिलो हाफमा नेपाल ३-० ले पछि रह्यो।

दोस्रो हाफमा नेपालको प्रदर्शन अझ कमजोर देखियो। सब्सिच्युड खेलाडीका रुपमा मैदान प्रवेश गरेकी अपुर्णा कर्ल्सले ७४ औं मिनेटमा गोल गरिन्। त्यस्तै ८१ औं मिनेटमा पुर्णीमा नोड्सले र ८९ औं मिनेटमा सुनिता मुण्डाले गोल गरे। इन्ज्युरी समयमा भारतले थप गोल गर्‍यो। इन्ज्युरी समयमा नितु लिण्डाले गोल गर्दा भारतले नेपालमाथि ७-० को फराकिलो जित निकाल्न सफल भयो।

प्रतियोगितामा नेपाल, भारत र बंगलादेश गरी तीन टोली सहभागी छन्। नेपालले अब १७ मार्चमा बंगलादेशसँग, २१ मार्चमा भारतसँग र २३ मार्चमा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell