PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

युनाइटेडलाई हराउँदै एट्लेटिको मड्रिड क्वाटरफाइनलमा



पहिलोपोस्ट

युनाइटेडलाई हराउँदै एट्लेटिको मड्रिड क्वाटरफाइनलमा
Photo: UEFA

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई हराउँदै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। ओल्ड ट्राफोर्डमा सम्पन्न गएरातिको दोस्रो लेगको खेलमा घरेलु टोली युनाइटेडले १-० को पराजय ब्यहोरेसँगै लिगमा समग्रमा २-१ ले पछि रहँदै बाहिरिन पुगेको हो।

गएराति सम्पन्न खेलमा एट्लेटिकोलाई जित दिलाउन रेनान लोडीले निर्णायक गोल गरे। उनलेको खेलको ४१ औं मिनेटमा एन्टोनी ग्रिजमनको पासमा गोल गरेका थिए। यो सँगै पहिलो लेगमा १-१ को बराबरीमा रोकिएका यी टीमबीच दोस्रो लेगमा एट्लेटिकोले १-० ले जित निकाल्दा समग्रमा २-१ ले जित निकाल्दै एट्लेटिको क्वाटरफाइनल प्रवेश गरेको हो। पराजयसँगै युनाइटेड प्रतियोगिताबाट बाहिरिएको छ।

गएराति नै सम्पन्न अर्को खेलमा आयाक्सलाई १-० ले हराएको बेनफिका समग्रमा २-३ गोलले जित निकाल्दै क्वाटरफाइनल प्रवेश गर्न सफल भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell