दुई दशक ठूलो पर्दामा छाएकी करिना कपुर अन्तत: अन दी टप (ओटीटी) प्लेटफर्ममा पनि आउने भएकी छिन्। नेटफ्लिक्सका लागि सुजोग घोषको निर्देशनमा बन्ने फिल्ममा उनी अभिनय गर्दैछिन्।
दी डेभोटेसन अफ सस्पेक्ट एक्सको फिल्मी रुपान्तरणको निर्देशन घोषले गर्दैछन् जसले यसअघि बलिउडमा कहानी र बदला जस्ता सशक्त फिल्महरु निर्देशन गरिसकेका छन्।
दी डेभोटेसन अफ सस्पेक्ट एक्स सन् २००५ को जापानी उपन्यास हो जसले हत्याएको 'मिस्ट्री'लाई रोचक रुपमा प्रस्तुत गरेको छ।
'डेभोटेसन सम्भवत मैले अहिलेसम्म पढेकोमध्ये सबैभन्दा उत्कृष्ट प्रेम कथा हो। यसलाई फिल्ममा रुपान्तरण गर्न पाउँदा सम्मानित महसुस गरेको छ,' निर्देषक घोषले वक्तव्यमा भनेका छन्, 'साथै, मैले करिना, जयदीप र विजयसँग काम गर्न पाएको छु अरु के चाहियो र?'
नेटफ्लिक्सले एउटा भिडियो जारी गर्दै फिल्मको घोषणा पनि गरेको छ। करिना कपुरका साथै फिल्ममा जयदीप अलवात र विजय वर्मा लिड रोलमा रहने जनाइएको छ।
We’ve got some Pretty Hot And Tempting news! 😱😱😱
— Netflix India (@NetflixIndia) March 16, 2022
Kareena Kapoor Khan stars in a thrilling new Netflix film with Jaideep Ahlawat & Vijay Varma, directed by Sujoy Ghosh! #KareenaKapoorKhan @JaideepAhlawat @MrVijayVarma pic.twitter.com/8PIPwSR1c2