PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

काठमाडौंको विजेश्वरीमा मोटरसाइकल र स्कुटर ठोकिँदा एक युवकको मृत्यु



पहिलोपोस्ट

काठमाडौंको विजेश्वरीमा मोटरसाइकल र स्कुटर ठोकिँदा एक युवकको मृत्यु

काठमाडौंः काठमाडौं महानगरपालिका वडा नम्बर १५ विजेश्वरीस्थित सडक दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

आज बिहान बा ८५ प ५०६०  नम्बरको मोटरसाइकल र बा ४९ प ६१२३ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटर चालक नागार्जुन नगरपालिका १ रानीवन बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-४ घर भएका ३५ वर्षीय हरि दुवाडीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell