PahiloPost

Jul 3, 2024 | २० असार २०८१

होलीमा इच्छा विपरीत रङ्ग दल्ने, लोला हान्नेलाई कारबाही गर्ने प्रशासनको चेतावनी



पहिलोपोस्ट

होलीमा इच्छा विपरीत रङ्ग दल्ने, लोला हान्नेलाई कारबाही गर्ने प्रशासनको चेतावनी

काठमाडौँः जिल्ला प्रशासन कार्यालय काठमाडौँले कसैको इच्छा विपरीत रङ्ग दल्ने, लोला हान्ने, सार्वजनिक ठाउँमा होहल्ला गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

भोलि काठमाडौं उपत्यका लगायत पहाडी जिल्लामा फागु पूर्णिमा मनाइदैंछ। होलीलाई मर्यादित बनाउन कसैले पनि इच्छा विपरीत नखेल्न आदेश दिएको हो।त्यस्तै कोभिड १९ सङ्क्रमण हालसम्म कायमै रहेकाले सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न समेत अनुरोध गरेको छ।

काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा १ हजार ३ सय ट्राफिक प्रहरी परिचालन गर्ने योजना महानगरीय ट्राफिक प्रहरी महाशाखाले बनाएको छ। होलीका समयमा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी चलाउने र दुर्घटनाको जोखिम बढी हुने भएकाले बिहानैदेखि बाक्लो सङ्ख्यामा ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो।

त्यस्तै महानगरीय प्रहरी परिसर काठमाडौँले पनि होलीलाई मध्यनजर गर्दै सुरक्षा योजना बनाएको छ। कुनै पनि अप्रिय घटना वा कसैको इच्छा विपरीत होलीको रङ्ग दलेमा प्रहरीलाई फोन गर्न समेत अनुरोध गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell