PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

के कपिलले 'कश्मीर फाइल्स'को प्रचार गर्न नमानेका हुन् ? यसो भन्छन् अनुपम खेर



पहिलोपोस्ट

के कपिलले 'कश्मीर फाइल्स'को प्रचार गर्न नमानेका हुन् ? यसो भन्छन् अनुपम खेर

कश्मीरी पण्डितहरुको ' कथित राष्ट्रवाद' कथामा आधारित फिल्म 'कश्मीर फाइल्स' यतिखेर चर्चामा छ। फिल्मकै कारण कमेडियन कपिल शर्मा भने विवादमा तानिए। उनीमाथि फिल्म 'द कश्मीर फाइल्स' आफ्नो शोमा प्रचार गर्न नमानेको भन्ने आरोप लाग्यो।

तर यस विषयमा अभिनेता अनुपम खेरले स्पष्टीकरण दिएका छन्। उनले एक अन्तर्वातामा बोल्दै कपिलमाथि लागेका सबै आरोपमाथि स्पष्टीकरण दिएका हुन्। 

'म धेरै पटक कपिलको शोमा गइसकेको छु। दुईमहिनाअघिको कुरा हो। कपिलले मलाई फोन गरेर शोमा आउन भनेका थिए। कपिलको शो एक फन्नी शो हो। तर हाम्रो फिल्म निकै सिरियस छ। जसकारण मलाई शोमा जान उचित लागेन। मलाई लाग्दैन कि कपिललाई हाम्रो फिल्मलाई लिएर कुनै गलत भावना छ,' उनले बताएका छन्।

कपिल शर्माले उक्त अन्तर्वाताको भिडियोको क्लिप ट्विटरमा सेयर गरेका छन्। उनले आफ्नो विवादित विषयमा स्पष्ट पारेकोमा अनुपमलाई धन्यावाद दिएका छन्।

'धन्यवाद अनुपम खेर पाजी, ममाथि लगाइएका सबै झूटा आरोपहरू स्पष्ट पार्नु भएकोमा। अनि सत्य नबुझेर मलाई यति धेरै माया दिनुहुने सबै साथीहरूलाई पनि धन्यवाद।' उनले लेखेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell