PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

फिल्म '२ नम्बरी' मा पल शाहलाई सौगातले गरे 'रिप्लेस'



पहिलोपोस्ट

फिल्म '२ नम्बरी' मा पल शाहलाई सौगातले गरे 'रिप्लेस'

काठमाडौं : फिल्म '२ नम्बरी' मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। चैत्रको १५ गतेबाट छायांकन हुने फिल्ममा सौगात मुख्य भूमिकामा देखिने पक्का भएको हो।

दुई वर्ष अगाडि यस फिल्मको मुख्य भूमिकामा अभिनेता पल शाह पक्का भएका थिए। साथै फिल्मको १० दिन जति छायांकन समेत भएको थियो। तर कोरोना महामारीका कारण काम अगाडि बढ्न सकेन। अहिले भने पलको स्थानमा सौगातले अभिनय गर्ने भएका हुन्।

पलविरुद्ध एक किशोरीले जवर्जस्ती करणी गरेको उजुरी दिएसँगै उनी पकाउ परे। पल शाह यतिबेला प्रहरी हिरासतमा छन्। 

दिपेन्द्र लामाको निर्देशन रहने फिल्म अब फेरि सुरुबाट नै खिच्ने तयारी गरिएको छ। फिल्मले दुई साथीको मित्रताको कथा भन्नेछ। फिल्ममा सौगातका साथै दयाहाङ राई, वर्षा राउत, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका रहनेछ।

फिल्म कार्तिक ४ गते तिहारको अवसरमा रिलिज गरिने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए। फिल्ममा दीपक मनाङ्गे र अमला देवी राईको लगानी छ। फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell