PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु, जंगली जनावर मार्नका लागि थापेका थिए भरुवा बन्दुकको पासो



पहिलोपोस्ट

डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु, जंगली जनावर मार्नका लागि थापेका थिए  भरुवा बन्दुकको पासो

काठमाडौं : डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ।

मंगलवार राति गन्यापधुरा  गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जंगली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा–४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दलबहादुरको डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको हो। मृत्तकको शव अस्पतालमा राखिएको बताइएको छ।

घटनामा संलग्न रहेको हुनसक्ने भन्दै प्रहरीले चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ। नियन्त्रणमा लिइएकाको परिचय भने प्रहरीले खुलाएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell