PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

दरबारमार्गमा खुल्दै नयाँ सिनेमा हल, क्युएफएक्सले 'दरबार सिनेम्याक्स'मा चेन विस्तार गर्ने



पहिलोपोस्ट

दरबारमार्गमा खुल्दै नयाँ सिनेमा हल, क्युएफएक्सले 'दरबार सिनेम्याक्स'मा चेन विस्तार गर्ने

काठमाडौं : सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले दरबारमार्गस्थित दरबार मलमा रहेको सिनेमा हलमा आफ्नो चेन विस्तार गरेको छ।दरबार मलमा रहेको दरबार सिनेम्यमक्समा क्युएफएक्सको चेन संचालन गर्ने तयारी भएको क्युएफएक्सका सिईओ रोशन अडिगाले जानकारी दिए।

मंगलवार मात्रै क्यूएफएक्सका सीईओ रोशन अडिगा र (दरबार सिनेम्यास) गुण ग्रुपको तर्फबाट निर्देशक दिप्रस शाक्यबिच लिखित सम्झौता भएको थियो।

दुवै कम्पनिबिच सम्झौता भएपनि हल कहिले संचालनमा आउने भने तय भइनसकेको अडिगाले बताए। 

हालै निर्माण सम्पन्न भएको दरबार मलको छैटौं तल्लामा दुईवटा अडिटोरियम रहने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell