PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

राजस्व छलीको आरोपमा तीन जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर



पहिलोपोस्ट

राजस्व छलीको आरोपमा तीन जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर

काठमाडौं : राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा हालेको छ। विभागले पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो।

भक्तपुरको सौगात इन्टरनेशनल को प्रोपराइटर दिपककुमार देउजा, खाता संचालक मोहनप्रसाद भट्टराई र लेखापरीक्षक सुनिलमान शाक्यविरुद्ध मुद्दा दायर गरिएको हो।

सोगात इन्टरनेशनलले नक्कली मूल्य अभिवृद्धि विजक लिएर वित्तीय विवरण तथा आय विवरणहरु तयार गरेको विभागको आरोप छ। साथै मुल्य अभिवृद्धि करतर्फ क्रेडिट दावी गरी तिर्नु पर्ने भ्याट नितिरेको र आयकर तर्फ लागत खर्च दावी गरी आयकर समेत चुहावट गरेको विभागको आरोप छ।

उनीहरुलाई भ्याटतर्फ दुई करोड ५२ लाख १४ हजार र आयकर तर्फ पाँच करोड ६९ लाख ५८ हजार गरी कुल विगो आठ करोड २१ लाख ७२ हजार कायम गरिएको छ।

विभागले दिपककुमार देउजा र मोहनप्रसाद भट्टराईसँग विगो असूल उपर गरी विगोको शतप्रतिशत जरिवाना तथा सुनिलमान शाक्यको हकमा मतियारलाई हुने सजाय माग गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell