PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

पीएनजीले नेपाललाई दियो २०५ रनको सामान्य लक्ष्य



पहिलोपोस्ट

पीएनजीले नेपाललाई दियो २०५ रनको सामान्य लक्ष्य

काठमाडौं : पपुवा न्युगिनीले नेपाललाई २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईस्थित शारजाह क्रिकेट मैदानमा जारी खेलमा पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०४ रन बनाएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको पीएनजीका लागि चार्ल्स अमिनीले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५९ रन बनाए। त्यस्तै चाड सोपरले ३५ रन बनाउँदा टोनी उराले २७, लेगा साइकाले २५ तथा नोर्मन भानुआले २३ रन बनाए। त्यस्तै कप्तान असद भालाले १९ रन बनाए।

बलिङतर्फ नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिँदा आरिफ शेख, सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले समान १ विकेट लिए। ज्ञानेन्द्र मल्लले एक दिवसीय क्रिकेटमा पहिलोपटक विकेट लिएका हुन्।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell