PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

सरकारले युट्युब नियन्त्रण गर्न खोजेको होइन, पैसा तिरे पछि कानुन अनुसार चल्नु पर्छ : संचार सचिव



पहिलोपोस्ट

सरकारले युट्युब नियन्त्रण गर्न खोजेको होइन, पैसा तिरे पछि कानुन अनुसार चल्नु पर्छ : संचार सचिव

काठमाडौं : संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सरकारले युट्युबलाई नियन्त्रण गर्न नखोजेको बताएका छन्। मंगलबार नेपाल टेलिकमले आयोजना गरेको डिजिटल रुपान्तरणमा उपभोक्ता विषय अन्तक्रिया कार्यक्रममा अर्यालले युट्युबलाई सरकारले नियन्त्रण गर्न नखोजेको बताएका हुन्।

अर्यालले कुनै एक व्यक्तिको युट्युबमा भिडियो राख्न पाउने बताए। उनले मिडिया भनेर दाबी गर्ने युट्युबलाई भने सरकारले नियमन गर्ने नीति लिएको बताएका छन्।

‘उपभोक्ताहरुले भन्नु भएको छ, युट्युब, अनलाइन टिभि, अनलाइनलाई सरकारले के गर्ने? अहिले सरकारले युटयुबलाई नियन्त्रण गर्न खोज्यो। गुगल नि:शुल्क एप्पलाई नियन्त्रण गर्न खोज्यो भन्ने छ। त्यो होइन,’ उनले भने, ‘कसैले भिडियो खिचेर आफ्नो युट्युवमा अपलोड गर्न पाउनु हुन्छ। त्यसको लागि कुनै नियन्त्रण गर्न भएन।’

युटयुब वा अनलाइन टिभीको नाममा मिडिया भनेर आउनेहरुबाट अभिव्यक्ति स्वतन्त्रता र वाक स्वतन्त्रतालाई खुल्ला छोड्दा स्वतन्त्रताले अर्कोलाई असर पर्ने गरी व्यक्तिगत गोपनीयताका कुराहरु बाहिर ल्याउने कामलाई नियन्त्रण गर्न खोजिएको अर्यालको भनाई छ।

 

पाँच लाख तिरेर जे पनि गर्न पाइने भन्दै प्रश्न सोध्न थालिएको भन्दै सचिव अर्यालले दर्ता भएपछि कानून अनुसार चलाउनको लागि नियमन गर्ने स्पष्ट पारे। उनले अहिले अनलाइन टिभी भन्दै अफवाह फैल्याउने गरी भिडियोहरु राख्ने भएकाले कानूनको दायरामा ल्याएर नियमन गर्ने प्रयास गरिएको बताए।

‘अहिले प्रश्न गर्न थाल्नु भएको छ, युट्युव दर्ता भएपछि जे पनि गर्न पाइने हो ? पाँच दश लाख तिर्यो जे पनि गर्न पाइन्छ,’ उनले भने, ‘अहिले अनलाइन टिभी भनिएको छ। कहीँ कतै दर्ता नगरी विभिन्न कुराहरु अफवहा फैल्याएकाले यस्ता कुरालाई कसरी नियन्त्रण गर्ने भन्ने हो।’

अर्यालले समय सापेक्ष अनुसार सरकार डिजिटल प्रविधिमा कमजोर रहेको स्वीकारेका छन्। उनले सरकारले डिजिटल प्रविधिको विकास गर्ने काममा लागि परे पनि प्रभावकारी रुपमा काम गर्न नसकेको बताए। सरकार र नीजि क्षेत्र दुवैमा डिजिटल प्रविधिमा कमिकमजोरी भएकाले सुधार गर्नु पर्ने आवश्यकता रहेको उनले बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell