PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

फेसबुकले पनि खोल्यो टिकटक अकाउन्ट



पहिलोपोस्ट

फेसबुकले पनि खोल्यो टिकटक अकाउन्ट
Photo : Huffingpost

मेटाले संचालन गरेको फेसबुकले टिकटकमा अकाउन्ट खोलेको छ। फेसबुकले टिकटकमा ‘ब्लु चेकमार्क’ समेत पाएको छ।

आफ्नो प्रतिस्पर्धी कम्पनी टिकटकमा अकाउन्ट खोलेको विषय अहिले टेक रिपोर्टिङ गर्ने समाचार पोर्टलहरुको मुख्य बहसको विषय बनेको छ।

टिकटक प्रयोगकर्ता बढ्दै गर्दा भने स्थापनाकला यता यो वर्ष फेसबुकको प्रयोगकर्ता घटेको थियो। मेटाले आफूहरु सबै प्ल्याट्फर्ममा देखिने बताएको छ।

यस्तै, मेटाले संचालन गरेको इन्स्टाग्रामले पनि टिकटकमा अकाउन्ट खोलेको छ। इन्स्टाग्राम क्रिएटर नामले नयाँ अकाउन्ट खोलिएको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell