PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

दुई वर्ष पछि फागुमा झुम्दै उपत्यका, विभिन्न स्थानमा हुँदैछ होली कार्यक्रम



पहिलोपोस्ट

दुई वर्ष पछि फागुमा झुम्दै उपत्यका, विभिन्न स्थानमा हुँदैछ होली कार्यक्रम

काठमाडौं : भोलि फागु। रंगहरूको चाड होलीको अवसरमा उपत्यकाभर विभिन्न कार्यक्रमहरू आयोजना हुँदैछन्। कोरोना महामारीका कारण दुईवर्षपछि उपत्यकामा होली विशेष कार्यक्रमहरू हुन लागेका हुन। 

बिहीवार राजधानीको ठमेल, दरबारमार्ग, दरबार स्क्वायर, भृकुटीमण्डप लगायतका क्षेत्रमा कार्यक्रमहरु आयोजना हुँदैछन्। प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा होली विशेष कार्यक्रम आयोजना हुँदैछ। र्‍यापर भिटेन र बालेनका साथै मिस्टर डी, माइला, सरकार ले उक्त कार्यक्रमा प्रस्तुती दिनेछन्।

यस्तै, गोकर्णमा पनि होली विशेष कार्यक्रम आयोजना हुँदैछ। थापाथलीस्थित ब्लु बर्ड मलमा पनि भोलि 'कलरस्प्लाश २०२२' आयोजना हुने भएको छ। कार्यक्रममा जोवन भुजु/ मिश्रण ब्यान्ड लगायतका कलाकारहरूले प्रस्तुती दिनेछन्।

'द आरब्रिटरी ग्रुफ' ले पनि होलीको अवसरमा कार्यक्रमहरू गर्ने भएको छ। नयाँ बानेश्वर, गैरीधारा, भक्तपुर, बौद्ध र कीर्तिपुरमा होली विशेष कार्यक्रमा हुँदैछन्। कार्यक्रममा विभिन्न कलाकारहरुले साँगीतिक प्रस्तुती दिनेछन्।

त्यसैगरि, सानेपामा आयोजना हुने 'होली फेस्टिभल २०२२' एज ब्यान्डले प्रस्तुती दिनेछन्।

गएको दुई वर्ष कोरोना भाइरस संक्रमणका कारण धेरै भिडभाड गरेर होली खेल्न प्रतिबन्ध लगाएको थियो। जसकारण होली सँगै हुने सांगीतिक कार्यक्रमहरु हुन सकेका थिएनन्। यो वर्ष भने प्रशासनले सबै प्रतिबन्ध हटाइसकेको अवस्थामा विभिन्न संस्था, होटल, रिसोर्टहरु होली लक्षित कार्यक्रमहरु आयोजना गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell