PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

अधिवेशन सकिएको तीन महिना पछि टुंगो लाग्यो माओवादी लुम्बिनी प्रदेश कमिटीको पदाधिकारी



पहिलोपोस्ट

अधिवेशन सकिएको तीन महिना पछि टुंगो लाग्यो माओवादी लुम्बिनी प्रदेश कमिटीको पदाधिकारी

बुटवल : प्रदेश अधिवेशन सकिएको तीन महिनापछि नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका पदाधिकारीको टुंगो लागेको छ।

माओवादी केन्द्रले गत मंसिर २५ र २६ गते दाङको भालुबाङमा सम्पन्न गरेको प्रदेश अधिवेशनमा अध्यक्षमा सुदर्शन बरालको नाममा सहमति भएपनि अन्य पदाधिकारीमा आकांक्षी बढेपछि छनोट प्रक्रिया रोकिएको थियो।

बुधबार कपिलवस्तुमा सम्पन्न माओवादी केन्द्र प्रदेश कमिटीको प्रथम पूर्ण बैठकले लुम्बिनी प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री समेत रहेका गुल्मीका सुदर्शन बरालको अध्यक्षतामा २५३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको हो।

प्रदेश कमिटी उपाध्यक्षमा बर्दियाका दुर्गा थारु, दाङका नुमाकन्त न्यौपाने र रोल्पाका बीरबहादुर खत्री, सचिवमा प्युठानका कृष्ण अधिकारी चयन भएका छन्।

त्यस्तै सहसचिवहरुमा बाँकेका अकलबहादुर बम, पाल्पाकी पार्वती बिक र कपिलवस्तुका काशीराम यादव तथा कोषाध्यक्षमा रुपन्देहीका निर्दोष अली चयन भएका छन्।

नवनिर्वाचित पदाधिकारीलाई माओवादी केन्द्रका नेता वर्षमान पुन, मुख्यमन्त्री कुलप्रसाद केसी, लुम्बिनीका इन्चार्ज चक्रपाणी खनाल लगायतले सपथ ग्रहण गराएका छन्।

भालुबाङमा सम्पन्न पहिलो अधिवेशनले २१७ सदस्यीय कमिटी चयन गरेको थियो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell