PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

पपुवा न्युगिनीमाथि नेपालको रोमाञ्चक जित, आरिफ र रोहितको अर्धशतक



पहिलोपोस्ट

पपुवा न्युगिनीमाथि नेपालको रोमाञ्चक जित, आरिफ र रोहितको अर्धशतक
तस्बिर: क्यान

काठमाडौं: आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनीमाथि संघर्षपूर्ण जित निकालेको छ। यूएईस्थित शारजाह क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले पीएनजीमाथि २ विकेटको संघर्षपूर्ण जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४९.२ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

सुरुवाती ब्याटिङमा उत्रिएको पीएनजीका लागि चार्ल्स अमिनीले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५९ रन बनाए। त्यस्तै चाड सोपरले ३५ रन बनाउँदा टोनी उराले २७, लेगा साइकाले २५ तथा नोर्मन भानुआले २३ रन बनाए। त्यस्तै कप्तान असद भालाले १९ रन बनाए।

बलिङतर्फ नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिँदा आरिफ शेख, सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले समान १ विकेट लिए। ज्ञानेन्द्र मल्लले एक दिवसीय क्रिकेटमा पहिलोपटक विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालको सुरुवात सुखद हुन सकेन। नेपालले ओपनर कुशल भुर्तेललाई १ रनमा र ज्ञानेन्द्र मल्ललाई ४ रनमा गुमायो। त्यस्तै पछिल्ला खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएका दीपेन्द्रसिंह ऐरी पनि ८ रनमै आउट हुँदा नेपाल दवाबमा आएको थियो। त्यस्तै आशिफ शेख पनि १६ रनमा पभेलियन फर्किँदा रोहित कुमार पौडेल र आरिफ शेखले शतकीय साझेदारी गर्दै नेपालको पारी उकासे। पौडेलले सर्वाधिक ५८ रनमा बनाउँदा शेखले ५३ रन बनाए। त्यस्तै आक्रामक ब्याटीङ गरेका करण केसीले २५ बलमा अविजित २९ रन बनाउँदा बिनोद भण्डारी ११ रनमा आउट भए।

नेपालले अर्को खेलमा १८ मार्चमा यूएई, २१ मार्चमा यूएई र २२ मार्चमा पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्नेछ। जितसँगै लिग २ को टेबलमा नेपाल ९ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा कायम छ भने अंकविहीन पपुवा न्युगिनी तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell