A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6995940b03d4b7.05635960): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6995940b03d4b7.05635960,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

९ वटा चैत्यले घेरिएको कमलपोखरी, उद्घाटनको ड्रोन शट
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

९ वटा चैत्यले घेरिएको कमलपोखरी, उद्घाटनको ड्रोन शट

९ वटा चैत्यले घेरिएको कमलपोखरी, उद्घाटनको ड्रोन शट

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौंः काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गरेको कमलपोखरीको उद्घाटन गरिएको छ। आज एक कार्यक्रमबीच महानगर प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरीको उद्घाटन गरेका हुन्।

दलदल बनेको पोखरीलाई महानगरले बजेट विनियोजन गरेर नयाँ शैलीमा बनाएको हो। पोखरीको बीचमा कमलको फूल निर्माण गरिएको छ। चारैतिर बस्न मिल्ने गरेर परम्परागत शैलीमा पाटी (फल्चा) निर्माण गरिएको छ।

यस्तै,  पोखरीको वरिपरि ९ वटा चैत्य, ढुङ्गेधारा,विभिन्न देवी देवताको मूर्ति समेत निर्माण गरिएको छ। पोखरीको चारैतिर फ्लोरा राखिएको छ।

पहिलो चरणमा कमलपोखरीको पुनर्निर्माण र सौन्दर्यकरणको काम सम्पन्न भएको हो। दोस्रो चरणको काम पनि छिट्टै सुरु हुने छ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी निर्माणका क्रममा अनावश्यक विवाद खडा गरिएको बताए। उनले अहिले कमलपोखरीको दृश्यले ती विरोध गलत प्रमाणित भएको बताए।

'कुरै नबुझी विरोध गरे। अहिले हेर्नुहोस् कमलपोखरी कस्तो भएको छ। यस पोखरीलाई थप सुन्दर बनाउन पर्छ। यो काठमाडौंको नयाँ गन्तव्य बन्ने छ', उनले भने ।

कमलपोखरीको नयाँ स्वरूप स्थानीयको सल्लाहमा निर्माण गरेको भन्दै उनले, बाँकी खुल्ला ठाउँमा पनि पार्क निर्माण गर्ने बताए।

स्थानीयले पोखरी राम्रो बनेको भन्दै अब शौचालयको काम पूरा गरी, खुल्ला ठाउँमा खेलकुद गतिविधि गर्नेगरी पार्क निर्माण गर्न आग्रह गरेका थिए।

उपमेयर हरिप्रभा खड्गीले पनि महानगरले खुल्ला ठाउँको संरक्षण गर्ने बताइन्। कमलपोखरी निर्माणले महानगरले राम्रो काम गरेको सन्देश जाने खड्गीको दाबी थियो।



ट्रेन्डिङ पोस्ट

Ncell