PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



पहिलोपोस्ट

चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
Photo: UCL

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा फ्रेन्स क्लब लिललाई हराउँदै इङ्ग्लिस क्लब चेल्सी क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्टेड पिअरे-मउरोएमा सम्पन्न दोस्रो लेगको खेलमा घरेलु टोलीलाई २-१ गोलले हराएको चेल्सी समग्रमा ४-१ गोलले जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेको हो।

गएरातिको खेलमा अग्रता भने घरेलु टोलीले बनाएको थियो। खेलको ३८ औं मिनेटमा बुरक यिल्माजले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै अग्रता दिलाएका थिए। तर, पहिलो हाफको इन्ज्युरी समयमा जोर्गिन्होको पासमा क्रिस्टियन पुलिसिचले गोल गर्दा पहिलो हाफ १-१ को बराबरीमा रोकियो। दोस्रो हाफमा सिजर एस्पिलिक्वेटाले चेल्सीको लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरे। उनले ७१ औं मिनेटमा म्यासन माउन्टको पासमा गोल गरेका थिए। उनको गोलसँगै चेल्सीले दोस्रो लेगमा २-१ गोलअन्तरले जित निकाल्यो। यो सँगै पहिलो खेलमा घरेलु मैदानमा २-० को जित निकालेको चेल्सीले समग्रमा ४-१ गोलको जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेको हो।

गएराति नै सम्पन्न च्याम्पियन्स लिगकै अर्को खेलमा इटालियन क्लब युभेन्टसलाई ३-० ले हराएको स्पेनिस क्लब भिल्ला रियल समग्रमा ४-१ को जित निकाल्दै क्वाटर फाइनलमा प्रवेश गर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell