PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

शीर्ष स्थानको सिटी भन्दा लिभरपुल एक अंकले पछाडि, टोटेनहम सातौं स्थानमा उक्लियो



पहिलोपोस्ट

शीर्ष स्थानको सिटी भन्दा लिभरपुल एक अंकले पछाडि, टोटेनहम सातौं स्थानमा उक्लियो
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले आर्सनलमाथि जित निकाल्दै शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंकदुरी घटाएको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा लिभरपुलले घरेलु टोली आर्सनललाई २-० गोलअन्तरले हराएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५४ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। त्यस्तै दोस्रो गोल ६२ औं मिनेटमा रोबर्टो फर्मिन्होले एन्ड्र्यु रोबर्टसनको पासमा गर्दा लिभरपुलले २-० ले खेल आफ्नो पक्षमा पार्‍यो।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा टोटेनहम हट्स्परले ब्राइटोनलाई हरायो। फाल्मर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीमाथि जित दिलाउन टोटेनहमका क्रिस्टियन रोमेरोले ३७ औं मिनेटमा र ह्यारी केनले ५७ औं मिनेटमा गोल गरे।

योसँगै २८ खेलबाट ४८ अंक जोडेको टोटेनहम सातौं स्थानमा उक्लिएको छ। अर्कोतर्फ शीर्षस्थानका लागि म्यानचेस्टर सिटी र लिभरपुलको प्रतिस्पर्धा पनि बढेको छ। २९ खेलबाट ७० अंक जोडेको सिटी शीर्ष स्थानमा छ भने समान खेल खेलेको लिभरपुल एक अंकले पछाडि छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell