PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

कबड्डी टोली आज बंगलादेश जाने



पहिलोपोस्ट

कबड्डी टोली आज बंगलादेश जाने
बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डीमा सहभागी हुने टोली बिदाइपछि सामूहिक तस्वीर खिचाउँदै। तस्बीर: राखेप

काठमाडौं: बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १० पुरुष खेलाडीसहित १५ सदस्यीय नेपाली टोली आज बंगलादेशको ढाका जाँदैछन्।

खेलाडीहरुमा कल्याण भुजेल, प्रवीण खड्का, नागेश्वर थारु, रन्जित गज्मेर, रामु टमाटा, अजय मानन्धर, प्रदीप मिजार, कुमार लामा, बन्धु राणा र लालमोहन यादव रहेका छन् । प्रशिक्षकमा पार्वती राई, अफिसियलमा प्रकाशप्रसाद शाह र अर्विन्दकुमार झा, व्यवस्थापक रामकेवल मुखिया तथा जजमा विनोद प्रजापति छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापाले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे। प्रतियोगिता मार्च १६ देखि २५ तारिखसम्म हुने छ।

प्रतियोगितमा बंगलादेश, केन्या, श्रीलंका, नेपाल, इङ्ग्ल्याण्ड, मलेशिया, इन्डोनेशिया र इराक गरी ८ टोलीको सहभागिता रहने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell