PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

बाइडेनले पुटिनलाई भने : वार क्रिमिनल, क्रेमलिनको प्रतिक्रिया : अस्वीकार्य र अक्षम्य



पहिलोपोस्ट

बाइडेनले पुटिनलाई भने : वार क्रिमिनल, क्रेमलिनको प्रतिक्रिया : अस्वीकार्य र अक्षम्य
Photo : thewisemagazine.it

अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाका राष्ट्रपति जो बाइडेनलाई ‘वार क्रिमिनल’ (युद्ध अपराधी) भनेका छन्। रसिया र युक्रेनबिच युद्ध भएको २१ दिन पुग्दा बाइडेनले पुटिनलाई युद्ध अपराधीको संज्ञा दिएका हुन्।

रसियाले भने बाइडेनको उक्त अभिव्यक्तिको विरोध गरेको छ। क्रेमलिनले बाइडेनको भनाइलाई ‘अस्वीकार्य र अक्षम्य’ भनेको छ।

रसियाले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिकाले पुटिन सहित रसियाली अधिकारीहरुमाथि प्रतिबन्धको घोषणा गरेको छ। यस्तै, रसियाले पनि बाइडेनसहित अमेरिकी अधिकारीहरु माथि प्रतिबन्ध लगाइसकेको छ।

युक्रेनमा भने अझै युद्ध जारी छ। युद्धबिच रसिया र युक्रेनबिच वार्ता पनि भइरहेको छ। रसियाले युक्रेनलाई नेटोको सदस्यता नलिन र आफूले ‘स्वतन्त्र राज्य’ घोषणा गरेको क्षेत्रलाई मान्यता दिन माग गरिरहेको छ। युक्रेनी अधिकारीहरुका अनुसार वार्ता सहमती नजिक पुगेको छ। तर, सहमतिका आधारहरु भने सार्वजनिक गरिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell