PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

कांग्रेसले लखेटिरह्यो भने एमालेसँग तालेमल नहोला भन्न सकिन्न : प्रचण्ड



पहिलोपोस्ट

कांग्रेसले लखेटिरह्यो भने एमालेसँग तालेमल नहोला भन्न सकिन्न : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन कायम रहने नरहनेमा नेपाली कांग्रेसको व्यवहारमा भर पर्ने बताएका छन्।

बिहीवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले कांग्रेसका केहि नेताले दिएको अभिव्यक्ति गठबन्धन विरुद्ध रहेको भन्दै आपत्ति जनाए। राजनीतिमा असम्भव केही नरहेको भन्दै नेकपा (एमाले)सँगको तालमेलको ढोका पनि खुल्लै भएको बताए।

यद्यपी स्थानीय तह‍को चुनावमा एमालेसँग गठबन्धन हुने सम्भावना कम रहेको उनको भनाइ छ। 'राजनीति भनेको सम्भावनाको खेल हो। नेपाली कांग्रेसका केही नेताहरु माओवादीसँग कुनै पनि हालतमा तालमेल हुन्न भन्नुभएको छ। कंग्रेसले लखेट्न नै थाले भने परिस्थिति के हुन्छ भन्न सकिन्न,' प्रचण्डले भने।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने गठबन्धनको पक्षमा रहेको प्रचण्डको दाबी थियो। उनले माओवादी केन्द्र देशका अगाडी गम्भीर समस्या आउँदा जस्तोसुकै विकल्पमा जान तयार रहेने बताए।

'एमालेसँग तत्काल तालमेल हुने सम्भावना छैन। तर देशका अगाडी गम्भीर समस्या आएका बेलामा सहज ढ्गले छलफल र निकास निकाल्ने गरेका छौँ,' उनले भने। 

एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का कारण देखिएको समस्याको निकास निकाल्न आफूले प्रस्ताव लिएर गएको भए पनि ओलीले अपमान गरेको प्रचण्डको भनाइ छ। सभामुखलाई कारवाही बिना कुनै सहमति नहुने एमालेले दोहोर्‍याएको प्रचण्डले बताए।

गठबन्धन चुनावसम्मै कायम राख्न प्रयत्न भइरहेको भन्दै उनले भने,'तालमेल गर्ने विषयमा मुख्य नेतृत्वसँग कुनै बेमेल भएको छैन। अरु नेताहरुले विभिन्न अभिव्यक्ति दिए पनि लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संविधनको रक्षका लागि गठबन्धन बनाइएको हो। गठबन्धन अस्ति एमसीसीका कारणले गठबन्धन फुट्ने हो कि नयाँ समिकरण बन्ने होकि भन्ने देखिएको थियो। एक खालको संयस नेपालमा अहिले हटेको छ। झन् बलियोसँग अघि बढ्ने भएको छ।' 

निर्वाचनमा आआफ्नो एजेण्डा लिएर जाने पहिलो प्राथमिकता र आवश्यकता अनुसार तालमेल गरेर अघि बढ्ने दोस्रो प्राथमिकता रहेको उनको भनाइ छ। 'अहिले पनि प्रतिगमनको खतरा टरेको छैन। कुनै न कुनै रुपमा विघटन गर्न चाहने तत्वलाई मलजल गर्ने लागि नै रहेका छन्,'प्रचण्डले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell