PahiloPost

Feb 21, 2026 | ९ फागुन २०८२

देशका पहाडी भागमा आंशिक बदली



रासस

देशका पहाडी भागमा आंशिक बदली

काठमाडौंः बिहार तथा आसपासका क्षेत्रमा बनेको निम्न चापीय प्रणालीका कारण देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उक्त प्रणालीका कारण देशका पहाडी भागमा आंशिक बदली र अन्य भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले औँल्याएको हो। देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुनसक्ने असरबाट बच्न सतर्कता अपनाउन अनुरोध गरिएको छ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २९  दशमलव पाँच डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम चार दशमलव ६ डिग्री र सबैभन्दा धेरै  भैरहवाको अधिकतम तापक्रम ३३ दशमलव चार डिग्री सेल्सियस रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell