PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

गठबन्धन कायम राख्‍न कांग्रेस प्रतिवद्ध छ : गृह मन्त्री खाण



पहिलोपोस्ट

गठबन्धन कायम राख्‍न कांग्रेस प्रतिवद्ध छ : गृह मन्त्री खाण

काठमाडौंं : गृहमन्त्री बालकृष्ण खाणले सत्ता गठबन्धन कायम राख्‍न नेपाली कांग्रेस प्रतिवद्ध रहेको बताएका छन्।

नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३ ‘ख’ रुपन्देहीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री खाणले मुलुकमा आइपरेको अप्ठेरो परिस्थितिमा बनेको गठबन्धनलाई कायमै राखेर अगाडि बढ्न कांग्रेसले चाहेको बताए।

गृहमन्त्री खाणले स्थानीयस्तरमा गाउँ र नगरमा विकास हुन काँग्रेसले स्थानीय तहको निर्वाचन जित्‍नुपर्ने बताए।

‘तल्लो तहसम्म गाउँ र नगरमा विकास हुन कांग्रेसले स्थानीय निर्वाचनमा जित्‍न सक्छ। शान्ति र स्थायित्वका लागि कांग्रेसले आगामी निर्वाचन जित्न‍ुपर्छ,’ गृह मन्त्री खाणले भने।

उनले अमेरिकी सरकारले नेपाललाई दिएको अनुदान अमेरिकी सहयोग एमसीसी जनताको पक्षमा र जनताको हितमा रहेको बताए। एमसीसी नेपालमा नदीबाट उत्पादन हुने विजुली जनताको घरघरसम्म पुर्‍याउन आवश्यक पर्ने ट्रान्समिसन बनाउन स्वीकारिएको बताए।

मन्त्री खाणले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहेको र आयात पनि बढिरहेकाले त्यस्ता आयात घटाउन विद्युतीय सामाग्रीको प्रयोग गर्न आग्रह गरे। बिजुली उत्पादन वृद्धि गर्नका लागि एमसीसी सदनबाट पास गरिएको उनको तर्क थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell