पछिल्ला दुई वर्ष कोरोना भाइरसका कारण फागु पूर्णिमाको रौनक फिका थियो। यसपाला भने रङमा मस्त रङ्गिएको छ काठमाडौं उपत्यका।
राजधानीका मुख्य शहरी क्षेत्रमा मानिसहरु समूह समूहमा रमाउँदै रङ र पानी खेलिरहेका छन्। भित्री शहरका चोक चोकमा गीत घन्काउँदै नाचगान गर्नेहरु पनि उत्तिकै देखिए।
काठमाडौंका ठमेल, बसन्तपुर क्षेत्र विशेष रह्यो। दुई वर्ष फिका फिका महसुस भएको फागुमा यसपाला भने मानिसहरु मस्त झुमिरहेको देखिन्थ्यो।
साथै काठमाडौंमा ट्रााफिक प्रहरीले कडा परीक्षण पनि गरिरहेको छ।
