PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

निर्वाचनमा प्रतिगामी शक्ति पराजय हुन्छ : अध्यक्ष नेपाल



पहिलोपोस्ट

निर्वाचनमा प्रतिगामी शक्ति पराजय हुन्छ : अध्यक्ष नेपाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी प्रवृत्तिलाई निर्वाचनमा जनताले दण्डित गर्ने बताएका छन्।

फागुपर्वका अवसरमा पार्टीले आज आयोजना गरेको होली मिलन तथा शुभकामना समारोहमा उहाँले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा लोकतन्त्र र संविधानको पक्षमा क्रियाशील राम्रा विचार बोकेका दलले विजय हासिल गर्न उनले बताए।

‘प्रतिगामी तथा अहंकारी व्यक्ति होलिका दहन भएजस्तै पराजय हुनेछन्,’ उनले भने।

नेपालले बहुभाषिक बहुसांस्कृतिक मुलुकमा सबै जाति समुदायको संस्कृतिले प्रेम सद्भाव अभिवृद्धि गरि नेपाली समाजलाई एकताबद्ध बनाउन सहयोग पुर्‍याउने विचार व्यक्त गरे।

विविधताले सजिएको हाम्रो समाजमा एक अर्काका पर्व संस्कृतिलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘नेपाली भएकामा हामीले गौरब गर्नुपर्छ, देशप्रति समर्पित हुनुपर्छ, यसले अनेकतामा एकता कायम गर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell