PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

'सर्खारको सर' को फर्स्टलुक पोस्टर सार्वजनिक



पहिलोपोस्ट

'सर्खारको सर' को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं: हाँस्य टेलिश्रिखंला 'सर्खारको सर' को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। होलीको अवसर पारेर टेलिसिरियलको फस्टलुक सार्वजनिक गरिएको हो।

फर्स्टलुकमा कलाकार दीपक आचार्य, रविन्द्र झा र सिपि पुडासैनीलाई देख्न सकिन्छ। सेलिब्रेटी नेपाल र देवांशी इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको सिरियलको निर्देशन बिनय पौडेलले गरेका छन्।

सिरियलले राजनीतिक विकृति विसंगति, नेपाली समाजमा घटेका यथार्थ घटना र गाउँ समाजमा परेका समस्याहरुलाई उजागर गर्ने निर्माण पक्षले जनाएको छ। यस सिरियलको निर्माण रघुनाथ सापकोटा र लीला केसीले गरेका हुन्। नवराज भण्डारी सह निर्माता रहेका छन्।

सिरियलमा दीपक रविन्द्र सिपिका साथै लीला केसी, जगदिश्वर अधिकारी,प्रतिषा रिजाल,राजु कट्टेल,सिजन तिवारी,मरिना गुरुङ,सुरज अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ।

सिरियलको केहि दिनमा ट्रेलरका साथै प्रदर्शन मिति पनि सार्वजनिक गर्ने निर्माता रघुनाथ सापकोटाले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell