PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

१२ घण्टामा हजारभन्दा बढी सवारी चालक कारबाहीमा, मापसे गर्ने १०६ जनाको सवारी होल्ड



पहिलोपोस्ट

१२ घण्टामा हजारभन्दा बढी सवारी चालक कारबाहीमा, मापसे गर्ने १०६ जनाको सवारी होल्ड

काठमाडौँ होलीमा ट्राफिक नियम पालना नगर्ने एक हजारभन्दा बढी सवारी चालक कारबाहीमा परेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म एक हजारभन्दा बढी चालकलाई कारबाही गरेको जनाएको छ।

१०६ जना चालकलाई मादक पदार्थ सेवन गरेर सवारी चालएकोमा कारबाही गरिएको महाशाखाका एसएसपी उमेशराज जोशीले जानकारी दिए। त्यस्तै बिना हेल्मेट, तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने ९०६ वटा सवारी चालकहरुलाई कारबाही र होल्ड गरिएको छ।

होलीमा हुने दुर्घटना नियन्त्रण गर्न प्रहरीले बिहानैदेखि सडकमा १३ सय ट्राफिक प्रहरी परिचालन गरेको थियो। त्यस्तै ६८ स्थानमा चेक प्वाइन्ट राखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell