PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

जब ड्यूटीमा रहेका प्रहरी नै होलीको उल्लासमा रमाए...

जब ड्यूटीमा रहेका प्रहरी नै होलीको उल्लासमा रमाए...

प्रवीण रानाभाट/पहिलोपोस्ट


कोभिड-१९ संक्रमणको जोखिम बढेसँग अघिल्ला दुई सालको होली रंगहीन जस्तै बने। यो वर्ष भने कोभिड संक्रमण न्यूनीकरण भएपछि धेरैले रंगको पर्वलाई उल्लासमा परिणत गरे। उपत्यकामा बिहीबार होली धुमधाम रुपमा मनाइएको छ। तराईका जिल्लामा शुक्रबार मनाइँदै छ। मुख्य पर्यटकीय स्थलमा होली खेल्नेको सहभागिता उल्लेख्य थियो। प्रहरीको कडाइले मूल सडकमा होलीको प्रभाव कम भए पनि भित्री सडक र शहरमा होलीको रौनक छाएको थियो।

सुरक्षा व्यवस्थाका लागि प्रहरीको बाक्लो परिचालन थियो।

होलीमा केही दृश्य भने फरक थिए। सुरक्षाका लागि खटिएका प्रहरीलाई सर्वसाधरणले रंगीन बनाइदिए। प्रहरीले पनि रंगलाई स्वीकार गर्दै पर्व र कर्तव्य दुबै पूरा गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell