PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

यू १८ महिला साफ च्याम्पियनसिप: नेपाल लगातार दोस्रो खेलमा पराजित



पहिलोपोस्ट

यू १८ महिला साफ च्याम्पियनसिप: नेपाल लगातार दोस्रो खेलमा पराजित
तस्बिर: साफ

काठमाडौं: यू १८ महिला साफ च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। भारतको जम्सेदपुरस्थित जेरआरडी टाटा कम्प्लेक्समा आज सम्पन्न खेलमा बंगलादेशसँग ४-२ ले पराजय ब्यहोरेसँगै नेपालले लगातार दोस्रो हार ब्यहोरेको हो।

खेलको पहिलो मिनेटमै अफेइदा खण्डेकरले बंगलादेशलाई अग्रता दिलाएकी थिइन्। तर, ३० औं मिनेटमा दीपा शाहीले  गोल गर्दै खेल बराबरीमा ल्याइन्। फेरि ३३ औं मिनेटमा अकिमा खातुनको गोलमा बंगलादेशले अग्रता बनायो। त्यस्तै ३५ औं मिनेटमा इति खातुन र ४३ औं मिनेटमा शाहदा अक्तर रिपाले गोल गर्दा पहिलो हाफमै बंगलादेश ४-१ ले अघि रह्यो।

दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको नेपालले अर्को गोल फर्कायो। इन्ज्युरी समयमा अमिसा कार्कीले गोल फर्काइन्। खेल भने बंगलादेशले ४-२ ले आफ्नो पक्षमा पार्‍यो। नेपालले यसअघिको खेलमा भारतसँग ७-० को लज्जास्पद हार ब्यहोरेको थियो।

नेपालले अर्को खेल भारतसँग २१ मार्चमा खेल्नेछ भने त्यसको दुई दिनपछि फेरि बंगलादेशसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell