PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

ढालिएको चीर टुँडिखेलमा यसरी गरियो दहन

ढालिएको चीर टुँडिखेलमा यसरी गरियो दहन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : यसपटक बिहान ४:२७ बजेको साइतमा वसन्तपुरमा गाडिएको चीर ढालियो। चीर ढालेसँगै त्यसमा टाँगिएका कपडा खोसाखोस भएको थियो।

फागु पूर्णिमा मनाएसँगै हर्षबढाइँ गरेर चीर ढालेपछि त्यसलाई बोकेर हनुमानढोका, इन्द्रचोक, न्युरोड हुँदै टुँडिखेल लगेर जलाइएको छ।

चीरको दहन सँगै होली सकिन्छ। चीर ठड्याएसँगै फागु (होली) सुरु हुने र चीर ढालेपछि सम्पन्न हुने पौराणिक मान्यता छ।

काठमाडौँको हरेक सांस्कृतिक परम्परा र जात्रामा विशेष पोशाकसहितको गुर्जुको पल्टन उपस्थित हुन्छन्।

चीर दहन गर्ने दिन टुंडिखेलको मध्य भागमा अवस्थित रुखमा गुरुमापा राक्षसलाई भोज खुवाउने चलन रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell