PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

इस्लाम धर्मावलम्बीले आज सब्बेबरात पर्व मनाउँदै



रासस

इस्लाम धर्मावलम्बीले आज सब्बेबरात पर्व मनाउँदै

कपिलवस्तु : नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीले आज एक साथ सब्बेबरात पर्व मनाइरहेका छन्। यस सब्बेबरात पर्वमा मुस्लिम समुदायका व्यक्तिले दुई दिन रोजा (व्रत) बस्ने गर्दछन्।

मृत्यु भइसकेका पुर्खाको सम्झनामा मुस्लिम समुदायले प्रत्येक वर्ष यो पर्व मनाउने गरेको मौलान मशहुद खान नेपालीले बताए।

मुस्लिम समुदायले यस पर्वलाई आफ्नो समुदायको पर्वको मुख्यद्वार पनि मान्दै आएका छन्। सब्बेबरात पर्वपछि मुस्लिम समुदायका अन्य पर्व निरन्तर रुपमा एकपछि अर्को गर्दै आउने भएकाले यस पर्वलाई पर्वको प्रवेशद्वार मानिएको हो।

अबका १५ दिनपछि मुस्लिमको एक महिने रमजान पर्व सुरु हुन्छ। त्यसपछि इद, बकर इद आउँछ।

गत वर्ष गरेको कामको लेखाजोखा र आउने वर्षका लागि योजना तय गर्ने गरिन्छ। यस पर्वमा अल्लाहको इबादत नमाज (प्राथना) मुस्लिम ग्रन्थ कुरान वाचन, कब्रिस्तान (चिहान)मा प्रार्थना र गरिब दुःखीलाई दान दिने चलन रहिआएको मुस्लिम आगुवा असलमले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell