PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

होलीमा घर माथि सेल्फी खिच्ने क्रममा लडेर मृत्यु



पहिलोपोस्ट

होलीमा घर माथि सेल्फी खिच्ने क्रममा लडेर मृत्यु

काठमाडौंः  सेल्फी खिच्ने क्रममा घर माथिबाट लडेर एक जनाको मृत्यु भएको छ।

तारकेश्वर नगरपालिका-५ गोलढुङ्गास्थित होली खेली सेल्फी खिच्ने क्रममा आफ्नै घरको चौथो तलाबाट लडेर सोही ठाउँ बस्ने ४३ वर्षीया जीवन कुमारी खड्काको मृत्यु भएको छ। सेल्फी खिच्ने क्रममा रेलिङ भाँचिएर लड्दा गम्भीर घाइते भएकी उनको नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो।

लडेर घाइते भएकी सोही ठाउँ बस्ने ३८ वर्षीया अन्जु कार्कीको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ।

               



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell