
काठमाडौं: बंगबन्धु कप कबड्डी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले आइतवार इन्डोनेशियाको सामना गर्दैछ। समूह 'बी' मा रहेको नेपालले इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दै प्रतियोगितामा सुरुवात गर्नेछ।
प्रतियोगितमा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह 'ए' मा बंगलादेश, श्रीलंका, मलेशिया र इङ्ग्ल्याण्ड छन् भने समूह 'बी' मा केन्या, नेपाल, इन्डोनेशिया र इराक छन्। दुबै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्।
नेपालले आइतवार इन्डोनेशियासँग, सोमवार इराकसँग र मंगलवार केन्यासँग प्रतिस्पर्धा गर्नेछ। बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १० पुरुष खेलाडीसहित १५ सदस्यीय नेपाली टोली ३ गते बंगलादेश गएको थियो।
खेलाडीहरुमा कल्याण भुजेल, प्रवीण खड्का, नागेश्वर थारु, रन्जित गज्मेर, रामु टमाटा, अजय मानन्धर, प्रदीप मिजार, कुमार लामा, बन्धु राणा र लालमोहन यादव रहेका छन् । प्रशिक्षकमा पार्वती राई, अफिसियलमा प्रकाशप्रसाद शाह र अर्विन्दकुमार झा, व्यवस्थापक रामकेवल मुखिया तथा जजमा विनोद प्रजापति छन्।