PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

फ्राइडे रिलिज : तीन विदेशी फिल्मसँग भिड्दै 'चिसो एष्ट्रे'



पहिलोपोस्ट

फ्राइडे रिलिज : तीन विदेशी फिल्मसँग भिड्दै 'चिसो एष्ट्रे'

काठमाडौं : आज एक नेपाली र तीन विदेशी फिल्महरू सिनेमा घरमा प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ 'चिसो एष्ट्रे', बलिउडतर्फ फिल्म 'बच्चन पाण्डे' र 'द कश्मिर फाइल्स' र जापानी फिल्म 'सोर्ड आर्ट अनलाइन' रिलिज भएको छ।

दिन्श पाल्पाली निर्देशित 'चिसो एष्ट्रे' भूपि शेरचनको कविताबाट प्रभावित भएर तयार पारिएको फिल्म हो। महेशबाबु तिमल्सिना निर्माता रहेको फिल्ममा सृष्टी श्रेष्ठ, दिव्य देव, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका रहेको छ।

त्यसैगरि, बलिउड फिल्म 'बच्चन पाण्डे' मा अक्षयकुमारको मुख्य भूमिका रहेको छ। एक्सन र कमेडी जनराको फिल्मलाई फरहाद साम्जीले निर्देशन गरेका हुन्। फिल्ममा अक्षयका साथै अरशद वारसी, कृति सेनन, ज्याक्लिन फर्नान्डिज, पंकज त्रिपाठी लगायतको अभिनय रहेको छ।

भारतमा गत शुक्रवारबाट रिलिज भएको 'कश्मीर फाइल्स' पनि आजदेखि नेपालीमा प्रदर्शनमा आएको छ।  कश्मीरी पण्डितहरुको 'कथित राष्ट्रवाद' कथामा आधारित यो फिल्म यतिखेर चर्चामा छ। यस फिल्ममा मिथुन चक्रवर्ती, अनुपम खेर, पल्लवी जोशी लगायतका कलाकारहरूको अभिनय छ।

त्यसैगरि, जापानी एनिमेटेड फिल्म ‘सोड आर्ट अनलाइन’ पनि आजदेखि रिलिज भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell