PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

उपचार गर्न अस्पताल जाँदा पीसीआर परीक्षण गर्नु नपर्ने



पहिलोपोस्ट

उपचार गर्न अस्पताल जाँदा पीसीआर परीक्षण गर्नु नपर्ने
FILE PHOTO

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पीसीआर परीक्षण गर्नु नपर्ने जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को संक्रमणको लक्षण नदेखिएका व्यक्तिले अस्पतालमा उपचारका लागि पीसीआर परीक्षण गराउनुनपर्ने बताएका हुन्।

यसअघि अस्पतालमा उपचारका लागि जाँदा पीसीआर परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान थियो। सरकारले पीसीआर परीक्षणको शुल्क रु आठ सय तोकेको छ। अस्पतालमा जाँदा खोप कार्ड भने अनिवार्यरुपमा लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell