PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

संवैधानिक निकायका पदाधिकारी नियुक्ति विवादको मुद्दा हेर्दाहेर्दैमा



पहिलोपोस्ट

संवैधानिक निकायका पदाधिकारी नियुक्ति विवादको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं : संवैधानिक निकायका पदाधिकारी नियुक्ति विवादको मुद्दा हेर्दाहेर्दैमा  राखिएको छ। रिटमाथि आगामी बुधवार पुनः सुनुवाई हुने भएको छ।

संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपकुमार कार्की,  न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन्।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा दुई चरणमा गरेका संवैधानिक नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो।

२०७७ मंसिर ३० गते जारी संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेशबाट सोही दिनको सिफारिसमा ३२ जनाले माघ २१ गते नियुक्ति पाएका थिए भने २०७८ वैशाख २१ गते दोस्रोपटक जारी सोही अध्यादेशबाट २६ गतेको सिफारिसमा २० जनाले असार १० गते संसदीय सुनुवाइविनै नियुक्ति लिएका थिए।

दुवै नियुक्ति बदरको माग गर्दै पुस १ र जेठ ३० मा गरी दुईपटक रिट निवेदन दायर भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell