PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

आयो स्थानीय तह निर्वाचन तालिका : ११ र १२ गते मनोनयन दर्ता १७ गते चुनाव चिन्ह प्रदान 



पहिलोपोस्ट

आयो स्थानीय तह निर्वाचन तालिका : ११ र १२ गते मनोनयन दर्ता १७ गते चुनाव चिन्ह प्रदान 

काठमाडौं : निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दुई दिन मनोनयन दर्ताको समय तोकेको छ।

२०७९ वैशाख ११ र १२ गते मनोनयनको मिति तोकिएको आयोगले जनाएको छ। १२ गते अपरान्ह मनोनयन भएका उम्मेद्वारको सूची प्रकाशन गर्ने आयोगको तयारी छ। 

१४ र १५ गते मनोनयनमाथि उजुरी र जाँचबुझका लागि छुट्याइएको छ भने १५ गते नै उम्मेद्वारको नामावली प्रकाशन हुने छ। उम्मेद्वारको नाम फिर्ता लिने समय १६ गते सम्मका लागि तोकिएको छ। यस्तै उम्मेद्वारको अन्तिम नामवली पनि १६ गते नै प्रकाशन हुने छ भने १७ गते उम्मेद्वारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell