PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

सम्बन्ध बिग्रिएको श्रीमानसँग प्रहरीले भेटाइदियो भन्दै जब प्रमिला प्रहरीविरुद्ध नै उजुरी गर्न पुगिन्...



पहिलोपोस्ट

सम्बन्ध बिग्रिएको श्रीमानसँग प्रहरीले भेटाइदियो भन्दै जब प्रमिला प्रहरीविरुद्ध नै उजुरी गर्न पुगिन्...

काठमाडौं : नक्कली प्रहरी बनेर ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेका दुई जनालाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यलय संखुवासभाले संखुवासभा पांचखपन नगरपालिका घर भएका ३० वर्षीय अर्जुन तामाङ र ३४ वर्षीय रमेश कुमार तामाङलाई नियन्त्रणमा लिएको हो। घटनामा संलग्न अन्य तीन जना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

'तिम्रो श्रीमानले झुन्डिएर आत्महत्या गरे' भन्दै २६ वर्षीया प्रमिला कम्मर सार्कीलाई प्रहरीले लिएर गएको थियो। र, श्रीमानको जिम्मा लगाउँदै फर्किएको थियो। फागुन २७ गते प्रमिला प्रहरीमा पुगिन् - प्रहरीविरुद्ध नै उजुरी दिन। प्रहरीले झुक्याएर श्रीमानको जिम्मा लगाएको भन्दै उनले उजुरी गरेपछि प्रहरी नै अचम्मित!  उनले भनेका प्रहरी कहाँ गए? को हुन् भन्ने खुलेन।

फागुन २८ गते बिहान खाँदबारी नगरपालिका वडा नम्बर ८ स्थित जंगलभित्र प्रहरीले प्रयोग गर्ने पोकाश भेटिएको थियो। जंगलमा सईले र हवल्दारले प्रयोग गर्ने पोशाक एकएक जोर र जवानको दुई जोर पोशाक भेटिएको थियो। त्यस्तै चार जोर प्रहरीको बुट समेत फेला परेको थियो। त्यसपछि उनलाई नक्कली प्रहरीले झुक्याएको खुलेको हो। जसमा उनका श्रीमान नै मुख्य योजनाकार भएको अनुसन्धानमा देखिएको छ।  पक्राउ परेका रमेश कुमार तामाङ प्रमिलाका श्रीमान् हुन।

श्रीमतीसँग सम्बन्ध बिग्रिएपछि नक्कली प्रहरीको नाटक

श्रीमतीसँग सम्बन्ध बिग्रिएपछि रमेश कुमारले नक्कली प्रहरी बनेर यस्तो गतिविधि गरेको खुलेको छ। २०७२ सालमा रमेश र प्रमिलाको प्रेम विवाह भएको थियो। विवाहपछि उनीहरु फर्निचर उद्योग खोलेर ललितपुरमा बस्दै आएका थिए। विवाह भएको केही वर्षसम्म उनीहरुको सम्बन्ध राम्रो नै थियो। तर, विगत ५/६ महिनादेखि उनीहरुको सम्बन्ध चिसिएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

माघको अन्तिमतिर प्रमिला श्रीमानलाई नै नसोधी माइती आएकी थिइन्। फागुन २१ गते पारिवारिक समस्याबारे जानकारी दिएर रमेश केही साथी लिएर संखुवासभा आएका थिए। उनी २६ गते संखुवासभा पुगेको खुलेको छ। संखुवासभाको एक टेलरमा प्रतिदिन ५ सय रुपैयाँ दिएर प्रहरीको पोशाक भाडा लिएका थिए उनीहरुले।

फागुन २६ गते राति रमेशले चार जनालाई प्रहरीको पोशाक लगाएर प्रमिलाको माइतमा पठाएका थिए। उनीहरुले श्रीमानले आत्महत्या गरेको भन्दै प्रमिलालाई केही पर लगेका थिए। जहाँ उनका श्रीमान रमेश तामाङ थिए। श्रीमतीलाई ल्याएपछि रमेशले तँलाई पनि मार्छु म पनि मार्छु भन्ने धम्की दिएको खुलेको छ।

प्रहरीले यस घटनामा दुई जनाविरुद्ध अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell