PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

फेरि म्याद थपियो पल शाहको, हिरासतको यात्रा लाम्बियो



पहिलोपोस्ट

फेरि म्याद थपियो पल शाहको, हिरासतको यात्रा लाम्बियो

काठमाडौँ : अभिनेता पल शाहविरुद्ध अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले तेस्रो पटक म्याद थप गरेको छ।

अनुसन्धान नसकिएको भन्दै प्रहरीले जिल्ला अदालत तनहुँबाट थप ५ दिनको म्याद पाएको हो। यसअघि अदालतले पल विरुद्ध अनुसन्धान गर्न १२ दिनको म्याद दिएको थियो। त्यस्तै, पहिलोपटक सात दिनको म्याद लिएको थियो। अनुसन्धान नसकिएकाले ५ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले बताए।

उस्तै प्रकृतिको घटनामा बिहीवार नवलपुर जिल्ला अदालतमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दायर भइसकेको छ। १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र ४ लाख रुपैयाँ क्षतिपूर्ति माग दाबीसहित अभियोगपत्र दायर भएको हो।

नावालिकालाई जवर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी परेपछि फागनु १५ गते शाहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell