PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

'लाइफ इन एलए' जेठ ६ गते प्रदर्शन हुने



पहिलोपोस्ट

'लाइफ इन एलए' जेठ ६ गते प्रदर्शन हुने

काठमाडौं :‘लाइफ इन एलए’ को नयाँ रिलिज मिति घोषणा भएको छ। अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भइसकेको यो फिल्म नेपालमा जेठ ६ गतेबाट प्रदर्शन हुने तय भएको हो।

निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै नयाँ रिलिज मिति घोषणा गरेको हो। यसअघि यो फिल्म वैशाख ९ गतेबाट प्रदर्शनमा आउने भनिएको थियो।

फिल्ममा ब्यास बिस्सु, अकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतका कलाकारहरूको अभिनय छ। साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवालको पनि अभिनय छ।

अमेरिका र नेपालमा छायांकन गरिएको फिल्ममा सूर्य एन श्रेष्ठको निर्देशन रहेको छ। ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको सिनेमालाई ब्यास बिस्सुले निर्माण गरेका हुन्।

अमेरिका भन्दा पहिले नेपाल रिलिज लक्ष्य भए पनि कोरोना महामारीका कारण ढिलो भएको निर्माण टिमले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell