PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

मधेशमा होली धुमधामले मनाइयो, यस्तो रह्‍यो वीरगंजको रौनक

मधेशमा होली धुमधामले मनाइयो, यस्तो रह्‍यो वीरगंजको रौनक

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंजः तराई-मधेशमा आज रंगहरुको पर्व होली धुमधामले मनाइएको छ। नेपालमा दुई दिन होली मनाउने चलन छ। बिहीबार पहाडमा होली मनाइएको थियो भने शुक्रबार तराई मधेसमा होली धुमधामले मनाइयो।

दुई वर्षदेखि कोरोना महामारीको कारण होली फिक्का भए तापनि यो वर्ष उल्‍लासका साथ मनाइएको हो।

एक आपसमा रंग, अबिर तथा खुसियाली साटासाट गरी यो पर्व मनाउने गरिन्छ। दैत्यराज हिरण्य कश्यपले आफ्ना छोरा प्रह्लादलाई मार्न आगोले भष्म नहुने होलिकालाई लगाएका थिए।

आगोले नछुने वरदान पाएकी होलिका जलेर भष्म भइन् तर विष्णुको आशीर्वादले प्रह्लाद बाँचे। असत्यमाथि सत्यको जीतका रुपमा त्यसलाई स्मरण गर्न होली मनाउने प्रचलन छ।  

आर्थिक नगरीमा होलीको रौनक विशेष  हुने गरेको छ। एक सातादेखि वीरगंजका राजनीतिक दल तथा संघ-संस्थाले होली मिलन कार्यक्रम आयोजना गर्दै खुसियाली साटासाट गर्दै होली मनाएका थिए। शुक्रबार बिहानदेखि वीरगंजको टोलटोलमा बालबालिका,युवा तथा वृद्धवृद्धाहरुले होली मनाए। पर्सा-बाराको शहरभन्दा गाउँमा होलीको चहलपहल बढि देखियो।

होलीले गर्दा वीरगंजका टोलबस्ती उल्लासमय देखिएको छ। सडक तथा गाउँमा होली मनाउने युवक समूह बनाएर घर-घरमा रंग र अबिर दल्दै घुमेर नाचगान गरेका थिए।

यस्तो रहयो होलीको रौनक



ट्रेन्डिङ पोस्ट

Ncell