PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

पुरुष फुटबलको उपाधिका लागि ललितपुर र मकवानपुर प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

पुरुष फुटबलको उपाधिका लागि ललितपुर र मकवानपुर प्रतिस्पर्धा गर्ने

हेटौंडाः वाग्मती प्रदेशस्तरीय प्रथम खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलतर्फ मकवानपुर फाइनलमा प्रवेश गरेको छ। हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा दोलखालाई ५–१ गोलअन्तरले पराजित गर्दै मकवानपुर फाइनल प्रवेश गरेको हो।

मकवानपुरको तर्फबाट समिरराज थोकरले १४, ५५, ललित चौलागाईंले ३४, अमिर श्रेष्ठले ७९ र अनिश महर्जनले ८८औं मिनेटमा गोल गरेका थिए। दोलखाका लागि स्वयम् श्रेष्ठले एकमात्र गोल गरे। खेलको म्यान अफ दि म्याच अमिर श्रेष्ठ घोषित भए ।

पहिलो सेमिफाइनलमा धादिङलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै ललितपुरले फाइनलमा स्थान बनाएको थियो। निर्धारित समय २-२ गोलको बराबरीमा टुंगिएपछि खेलको नजिता टाइब्रेकरमार्फत छिनोफानो गरिएको थियो।

उपाधिका लागि अब ललितपुर र मकवानपुरबीच प्रतिस्पर्धा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell