काठमाडौँः स्थानीय तह निर्वाचन अभियानको समीक्षा गर्न नेपाली कांग्रेसले केन्द्रीय कमिटी बैठक बोलाएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार चैत ११ गते दिउँसो २ बजे बैठक बोलाइएको छ।
कांग्रेसले हालै सञ्चालन गरेको स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समीक्षाका लागि बैठक बोलाएको हो। बैठकमा संसदीय समिति गठनको पनि कार्यसूची रहेको छ।
बैठक पार्टी कार्यालय सानेपामा बस्नेछ।