PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

निकुञ्ज क्षेत्र विस्तार गर्न लागेको भन्दै विरोध



पहिलोपोस्ट

निकुञ्ज क्षेत्र विस्तार गर्न लागेको भन्दै विरोध

हेटौंडाः सरकारले वाग्मती प्रदेशको राजधानी हेटौंडाको तीन वटा वडामा पर्सा राष्ट्रिय निकुञ्चको क्षेत्र विस्तार गर्न लागेको भन्दै विरोध प्रदर्शन सुरु भएको छ।

शुक्रबार निकुञ्जले हेटौंडाको वडा नम्बर १२, १३ र १४ का साथै मनहरी गाउँपालिकाको वडा नम्बर १ र २ मा आफ्नो क्षेत्र विस्तार गर्न लागेको भन्दै स्थानीयले निकुञ्जविरुद्ध विरोध प्रदर्शन सुरु गरेका हुन्।

उनीहरुले निकु्ञ्ज मध्यवर्ती क्षेत्र खारेजको माग पनि गरेका छन्। बस्ती र धार्मिक क्षेत्र संरक्षणका लागि निकुञ्ज क्षेत्र विस्तार रोकिनुपर्ने उनीहरुको माग छ।

उनीहरुले हेटौंडा -१३ पदमपोखरीमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सेनाको क्याम्प राख्ने तयारीको पनि विरोध गरेका छन्। निकुञ्जले क्याम्प राखेर आतंक सिर्जना गर्न खोजेको र स्थानीयलाई दुःख दिने नियत राखेको उनीहरुको विरोध छ।

स्थानीय जनप्रतिनिधिले आफूहरुसँग समन्वय नै नगरी निकुञ्जले काम गरेकोमा आपत्ति जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell