PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

हेटौंडा ८ को वडा कार्यालयमा तोडफोड



पहिलोपोस्ट

हेटौंडा ८ को वडा कार्यालयमा तोडफोड

हेटौंडाः मकवानपुरको हेटौंडा -८ को वडा कार्यालयमा तोडफोड भएको छ। साथै कार्यालयमा तालाबन्दी समेत गरिएको छ।

वडाध्यक्ष गोपालबहादुर श्रेष्ठको कार्यशैलीको विरोध गर्दै  नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीमा आबद्ध कार्यकर्ताहरुले वडा कार्यालयमा तोडफोड गरेका हुन्।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीले वडाध्यक्षको कुर्सी कार्यालयबाहिर सडकमा ल्याएर विरोध प्रदर्शन गरेका हुन्। सेवाग्राहीको काममा ढिलाई गर्ने, दुःख दिने, दिनभर काम नगरेर अन्यत्र जाने, काम गरिदिए बापत एमालेको सदस्यता लिनुपर्ने जस्ता गतिविधि देखिएपछि बाध्य भएर प्रदर्शन गरेको नेपाली कांग्रेस हेटौंडा -८ का सभापति भुपेन्द्र कोइरालाले दाबी गरे।

वडाध्यक्ष श्रेष्ठले व्यवहार सुधार नगरे आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell