PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

चुनाव उपयोगबारे विप्लव नेतृत्वको नेकपामा विवादः विप्लव पक्षमा, वली र बास्तोला विपक्षमा



पहिलोपोस्ट

चुनाव उपयोगबारे विप्लव नेतृत्वको नेकपामा विवादः विप्लव पक्षमा, वली र बास्तोला विपक्षमा

काठमाडौँः आसन्न निर्वाचनलाई उपयोग गर्ने विषयमा नेत्रविक्रम चन्द ‘विप्लव’  नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा विवाद देखिएको छ। कपिलवस्तुको शिवगढीमा सुरु भएको पार्टीको १२औँ पूर्ण बैठकमा महासचिव विप्लवले चुनाव उपयोगको विषयमा प्रस्ताव गरेका छन्। तर, केही नेताहरु भने चुनावको विपक्षमा उभिएका छन्।

राजनीतिक प्रतिवेदनमा औपचारिक रुपमा शनिबारदेखि छलफल सुरु हुनेछ। प्रतिवेदनमा स्थानीय तह निर्वाचनमा सहभागिता, एमसीसीको विरोधलगायत समेटिएको एक नेताले बताए।

चुनावबारे सचिवालय एकमत नभएका कारण केन्द्रीय कमिटीबाट दिशानिर्देश गर्ने तयारी रहेको पनि ती नेताको भनाई छ। 

चुनावको पक्षमा महासचिव विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत छन्।

तर, हेमन्तप्रकाश वली, धर्मेन्द्र बास्तोला लगायतका नेताहरु चुनावको विपक्षमा छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell